प्रेममा आव्हान
दियालो
|
|
हरि मानन्धर “विवश”नछुट्टिने प्रेमजाल छर्नु पर्छ कि?
जिन्दगीमा खुशी, भर्नु पर्छ कि?
टाढा–टाढा बनेदेखि, यी दुई आत्मा
अब चाहि नजीक, सर्नु पर्छ कि?
सफलता पाउँ भनि, साँच्चै अबदेखि
तिमीसामु बाचाकसम, गर्नु पर्छ कि?
स्वार्थी यो दुनियाँ, छाडि तिमी सामु
हार होइन जीत मान्दै, झर्नु पर्छ कि?
मायामा नै अडेको, यो सँसारमा सबै
विवश बनी जिन्दगीमा, मर्नु पर्छ कि?
Filed Under: गज़ल