कविता

..

कथा

...
  • गज़ल

  • गतिविधि

  • गीत

  • हाइकु

  • catagory 6

  • catagory 5

  • लेख-रचना

गजलः आफ्नै सँग पराइ हुँदै , बाँच्यो जीन्दगानी ।





-अशोक पार्थिव तामाङ

आफ्नै सँग पराइ हुँदै , बाँच्यो जीन्दगानी ।
बिना गीत संगीत पनि , नाँच्यो जीन्दगानी ।।

उकालीमा बिना लौरी ,शिखर टेक्छु भन्दा ।
आफ्नै भाको खुट्टी पनि ,भाँच्यो जीन्दगानी ।।

सत्य कुरा तितो हुन्छ ,सत्य बोल्छु भन्दा ।
असत्यले शिर टेक्दानि ,हाँस्यो जीन्दगानी ।।

उमेर संगै घामजूनको ,हिसाब गर्नुपर्थ्यो ।
मायालाई नै दिउँला भनि , साँच्यो जीन्दगानी ।।

दुखः पछि सुखः हुँन्छ ,भन्थे बुदापाका ।
धेरै चोटी दुःखमा नि,जाँच्यो जीन्दगानी ।।




तपेश्वरी १ , उदयपुर


हालः ( इजरायल )

Filed Under:

अनुरोध

इजरायलबाट प्रकाशन हुने अनेसासको द्वैमासिक पत्रिका - मेरोनेपालमा yomeronepal@gmail.com मा लेख रचना पठाएर सहयोग गनु हुन सबै साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै यो साहित्यसागरमा कुनै पनि लेख रचना आफै सम्पादन र सम्प्रेषण गर्न इच्छुक साहित्यप्रेमी साथीहरुले सोको जानकारी सहित यहि ईमेल मा सम्पर्क गर्नु होला । हामी लेखकीय विशेषाधिकार प्रदान गर्नेछौं ।