कविता

..

कथा

...
  • गज़ल

  • गतिविधि

  • गीत

  • हाइकु

  • catagory 6

  • catagory 5

  • लेख-रचना

कुन युग रोज्ने?


- अशोक पार्थिव तामाङ

फेरी अर्को जुनी
आउँछ या आउँन्न
अनिश्चित प्रायः
त्यसैले
यो जुनी
बाँच्नु त पर्ने हो ।

फेरी भोली अर्को घाम
लाग्छ या लाग्दैन
अनिश्चित प्रायः
त्यसैले
यो घाम
ताप्नु त पर्ने हो ।

फेरी अर्को बिहान
हुँन्छ या हुँदैन
अनिश्चित प्रायः
त्यसैले
यो बिहान
जाग्नु त पर्ने हो ।

भन्दा भन्दै ....
तर अब

निर्णय पनि दिँनुपर्नेछ
तिमी र मैले
कुन युग रोज्ने भनेर ?

केही युगहरु
बास बस्न खोज्दैछ
केही युगहरु
जाग्न खोज्दैछ
कुन युग रोज्ने ?
तिमै खुशी
तर
म भने
जाग्ने युगलाई टिपेर
अध्यारो युगको
छातीमा
बलेको आगोको लप्का
झोस्न चाहन्छुँ
बरु
मैले किन शहीद
हुन नपरोस्
धुलो र खरानी भएर ।

म युग जिस्क्याउँनेहरुलाई
म युग धम्क्याउँनेहरूलाइ
म युग फाल्न खोज्नेहरूलाइ
धन्यवाद् दिन्छु

किनभने
यो युगले डसेको छ
मान्छेहरूलाइ
जँगली साँप भएर ,
झम्टेको छ
टाटेपाट बाघ भएर ।

चिलेको छ बारूला भएर
खुवाएको छ दुर्गन्धित बिचारका वाकहरू
छोपेको छ पर्दाले घामहरूलाइ
अनि अँध्यारोमा राखेको छ घाम लागेन भनेर
उज्यालो तिम्रो भाग्यमा रहेनछ कठै ! च्व च्व् च्व भनेर ।


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Filed Under:

अनुरोध

इजरायलबाट प्रकाशन हुने अनेसासको द्वैमासिक पत्रिका - मेरोनेपालमा yomeronepal@gmail.com मा लेख रचना पठाएर सहयोग गनु हुन सबै साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै यो साहित्यसागरमा कुनै पनि लेख रचना आफै सम्पादन र सम्प्रेषण गर्न इच्छुक साहित्यप्रेमी साथीहरुले सोको जानकारी सहित यहि ईमेल मा सम्पर्क गर्नु होला । हामी लेखकीय विशेषाधिकार प्रदान गर्नेछौं ।