मलाइ मेरो बर्तमान सिकाउ
अशोक पार्थिव तामाङ
|
|
- अशोक पार्थिव तामाङभो म इतिहाँस रोप्दिनँ ।
बर्तमानलाइ नै तासतुस गरेर
जोड घटाउ सिकाइदेउ ।
त्यति भए पुग्छ।
मेरो तालु कम्प्युटरमा
फोल्डर भित्र
फाइल सेइभ गर्ने मेमोरी स्पेस् छैन ।
त्यसैले डिलिट गर्नु भन्दा
बिषय ट्रान्सफर गरेर
इमेलमा कपि अनि पेइस्ट गर्न सिकाइदेउ ।
त्यति भए पुग्छ।
छत्तिसलाइ छत्तिस सँग
गुणा गर्न पनि अल्मलिरहनु भन्दा
एउटा क्यालकुलेटर किनिदेउ ।
त्यति भए पुग्छ।
भो म जागीर खाँदिन
पैसा फल्ने बोट कहाँ छ ?
जानकारी देउ
त्यति भए पुग्छ।
होइन भने जरूरी त ,यो पो हो।
सिक्नु त छ जन्तरीलाइ
माया गर्न सिकाइदेउ ।
सिक्नु छ कसरी डाडु पन्युउ
भान्सामा चर्को स्वरमा कराउँदैन ।
सिक्नु छ मानवताको
उद्दार धर्मशाला सिकाइदेउ ।
सिकाइदेउ त्यो कुरा
जुन म गर्न सक्छु ।
जस्तोकि मेरो बर्तमान ।
म घामको त्रिपालमा
रातको चिसोपन कसरी लुकाउँन सक्छु ।
सिकाउ मलाइ जिन्दगी ,।
यदि सिकाउँने नै भए ।
तर
भो मलाइ नसिकाउँ
इतिहाँसहरू ।
बर्तमानमा कोदो रोपेर
खान सिकाउ।
बर्तमानमा कपि पेइस्ट अनि डिलिटको याम छ ।
शुन्य खडेरी र भोको पेटको सेवा नसिकाउ।
गान्धी बनेर धोतीमा बेरिनुँ छैन ।
मलाइ मेरो बर्तमान नै सिकाउ।
मलाइ मेरो यथार्थ नै सिकाउ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
Filed Under: कविता