कविता

..

कथा

...
  • गज़ल

  • गतिविधि

  • गीत

  • हाइकु

  • catagory 6

  • catagory 5

  • लेख-रचना

उनि


-अशोक पार्थिव तामाङ



मेरा जीवनका बागहरू
बसन्त भएर फुल्न खोज्दा
कुनै दिन झरेथ्यो असिना पानी,
मडारिएको थियोरे कालो कुहिरो।

बगेको थियोरे मर्स्यांङदी र चेपे
उनिका पोल्टाभरी
अनि हाँस्थेरे जोरीपारी।
काले, पर्शुराम सबैले सुसेल्थेरे देख्ना साथ।

मर्काउँथेरे कम्मर सत्र दिशामा
तर
अब म नै हजुरहरूको मा जोडिएको छु,
एकान्तले जति जिस्क्याए पनि,
रहरको भेल म उर्लाउन सक्तिन भन्छिन् यिनी,
शायद सम्झना जीउँदै होला तर वर्तमान्
भत्किसकेको भित्ता जस्तो,
गर्ल्याम् गुर्लुम् रोइरहेछिन् मेरी प्रिय देश नेपाल
उफ् भन्छिन अनि फुस्काउछिन् केहि शब्द
किन भत्काएका यति सुन्दर फुलवारी ???

तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Filed Under:

अनुरोध

इजरायलबाट प्रकाशन हुने अनेसासको द्वैमासिक पत्रिका - मेरोनेपालमा yomeronepal@gmail.com मा लेख रचना पठाएर सहयोग गनु हुन सबै साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै यो साहित्यसागरमा कुनै पनि लेख रचना आफै सम्पादन र सम्प्रेषण गर्न इच्छुक साहित्यप्रेमी साथीहरुले सोको जानकारी सहित यहि ईमेल मा सम्पर्क गर्नु होला । हामी लेखकीय विशेषाधिकार प्रदान गर्नेछौं ।