कविता

..

कथा

...
  • गज़ल

  • गतिविधि

  • गीत

  • हाइकु

  • catagory 6

  • catagory 5

  • लेख-रचना

थुप्रै जंगबहादुरहरू


- अशोक पार्थिव तामाङ


समय खोक्दैछ
पुरातन बिचारधाराको ज्वरोले
सिकिस्त गाँजिएर
म दुब्लो सिरकले
उस्को छातीमा न्यानो भर्ने कोशीस गर्छु ।

शताब्दी देखि ननुँहाएको उसको शरीर
दङगदङती गन्हाएको छ ।

चस्मा भित्रका आँखाहरु
फेर्ने बेला भएको छ ,
वाकरमा हिंड्ने नक्कली खुट्टाहरु
नट भल्टुहरु कस्नुँ पर्नेछ ।

बिस्तारामा शिषिरले हिउँ पोखेको छ ।
कुच्चिएको अनुँहारलाई
बटुकामा झाँनेर
सुरुप्प पिउँछ ।

बाटोमा उभिएर
कोही पर्खिए झैं
सिट्टी पनि बजाउँछ ।
पानीका दर्कनहरु
टिनको पाताहरुमा
कर्कश स्वरमा रागको तानहरु अलाप्छ ।

छेउमा उभिने दर्शक
म पनि हो ।
तर
आगो फुक्नँ सक्तिनँ
नयाँ बिचारको
अनि
चेतनाको
यद्दपि म
पेशाले डाक्टर नै भए पनि

किनभने
थुप्रै जंगबहादुरहरू
कोतपर्व
निम्त्याउँन
घोडचढीमा सवारी
भइरहेको बेला हो यो ।


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Filed Under:

अनुरोध

इजरायलबाट प्रकाशन हुने अनेसासको द्वैमासिक पत्रिका - मेरोनेपालमा yomeronepal@gmail.com मा लेख रचना पठाएर सहयोग गनु हुन सबै साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै यो साहित्यसागरमा कुनै पनि लेख रचना आफै सम्पादन र सम्प्रेषण गर्न इच्छुक साहित्यप्रेमी साथीहरुले सोको जानकारी सहित यहि ईमेल मा सम्पर्क गर्नु होला । हामी लेखकीय विशेषाधिकार प्रदान गर्नेछौं ।