थुप्रै जंगबहादुरहरू
अशोक पार्थिव तामाङ
|
|
- अशोक पार्थिव तामाङ
समय खोक्दैछ
पुरातन बिचारधाराको ज्वरोले
सिकिस्त गाँजिएर
म दुब्लो सिरकले
उस्को छातीमा न्यानो भर्ने कोशीस गर्छु ।
शताब्दी देखि ननुँहाएको उसको शरीर
दङगदङती गन्हाएको छ ।
चस्मा भित्रका आँखाहरु
फेर्ने बेला भएको छ ,
वाकरमा हिंड्ने नक्कली खुट्टाहरु
नट भल्टुहरु कस्नुँ पर्नेछ ।
बिस्तारामा शिषिरले हिउँ पोखेको छ ।
कुच्चिएको अनुँहारलाई
बटुकामा झाँनेर
सुरुप्प पिउँछ ।
बाटोमा उभिएर
कोही पर्खिए झैं
सिट्टी पनि बजाउँछ ।
पानीका दर्कनहरु
टिनको पाताहरुमा
कर्कश स्वरमा रागको तानहरु अलाप्छ ।
छेउमा उभिने दर्शक
म पनि हो ।
तर
आगो फुक्नँ सक्तिनँ
नयाँ बिचारको
अनि
चेतनाको
यद्दपि म
पेशाले डाक्टर नै भए पनि
किनभने
थुप्रै जंगबहादुरहरू
कोतपर्व
निम्त्याउँन
घोडचढीमा सवारी
भइरहेको बेला हो यो ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
Filed Under: कविता